काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने

फाइल तस्बिर: बिएल

नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ।

चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रका अनुसार आज चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण बन्द गरिनेछ। यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-06 08:55:44

प्रतिकृया दिनुहोस्