एभर्टनका मुख्य प्रशिक्षक मार्को सिल्भा बर्खास्त

तस्बिर:एजेन्सी

एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ।

निरन्तरको खराब नतिजालाई कारण देखाउँदै क्लबले १८ महिनापछि प्रशिक्षक सिल्भालाई बर्खास्त गरेको हो। उनी सन् २०१८ मा क्लब सम्हाल्न आईपुगेका थिए । उनले करिब ६० खेलमा २४ मा जित र २४ मा हारको नतिजा निकाले।

प्रिमियर लिगको पछिल्ले खेलमा एभर्टन शीर्ष स्थानको लिभरपुलसँग ५–२ ले पराजित बनेको थियो। एभर्टनले नयाँ सिजन ९ खेलमा हार ब्यहोरेको छ ।

तालिकाको १८ औं स्थानमा रहेको एभर्टनले पछिल्ला तीन खेल गुमाएको छ।

पुर्व फरवार्ड डंकन फग्र्युसनले अस्थायी रुपमा क्लबको नेतृत्व गर्नेछन्। क्लब शनिबार चेल्सीविरुद्द मैदान उत्रदै छ।

क्लबले जति सक्दो चाँडो प्रशिक्षक नियुक्त गर्ने बताएको ।

सन् २०१६ मा रोबर्टो मार्टिनेजलाई बर्खास्त गरेपछि क्लब चौथो स्थायी प्रशिक्षकको खोजीमा रहेको छ। सन् १९९० पछि एभर्टन ९ औं प्रशिक्षकको खोजिमा छ।

यसअघि पनि २०१७ १८ को लिगमा आर्सनलसँग ५–२ ले लज्जास्पद हारको सामना गरेपछि एभर्टनका प्रशिक्षक रोनाल्ड कोएम्यान बर्खास्तीमा परेका थिए। इंग्लिस प्रिमियरसिप लिगको एभर्टन रेलिगेसन जोनमा परेपछि रोनाल्डले आफ्नो पद गुमाए थिए।

१९ वर्षको अवधिमा एभर्टनका सर्वाधिक सफल प्रशिक्षकका रूपमा डेभिड मोयर्सलाई लिने गरिन्छ। सन् २००२ देखि ०१३ सम्म लगातार चार सय २७ खेलमा प्रशिक्षण गरेका मोयर्सले एभर्टनलाई ४१ प्रतिशत जित दिलाए।

रोनाल्ड दोस्रो सर्वाधिक सफल प्रशिक्षक हुन्। उनले एभर्टनलाई १६ महिना प्रशिक्षण गराउँदा ४० प्रतिशत जित दिलाएका छन्। मिक वाल्कर असफल प्रशिक्षकका रूपमा गनिएका छन्। उनले १९९४ मा ३१ खेलमा १९ प्रतिशत मात्र जित रेकर्ड बनाए।

प्रकाशित मिति: : 2019-12-06 08:00:19

प्रतिकृया दिनुहोस्