रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

तस्बिर: बिएल

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैना १ का ३४ वर्षिय केदारनाथ थारु रहेका छन्।

सडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा पश्चिमबाट सैनामैनातर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल ठोक्किँदा थारुको मृत्यु भएको हो। थारुको घटनास्थलमै मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

दुर्घटनापछि ट्रकका चालक फरार छन् भने ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। एकहप्ता अघि पनि सैनामैनामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-12-06 07:07:11

प्रतिकृया दिनुहोस्