उसुमा जुनीलाई स्वर्ण

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।

बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्।

यससँगै उसुमा नेपालको स्वर्ण संख्या चार पुगेको छ।

प्रकाशित मिति: : 2019-12-05 18:24:42

प्रतिकृया दिनुहोस्