तेक्वान्दोका भुपेनले जिते स्वर्ण

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन्।

यससँगै नेपालले १३औं सागमा तेक्वान्दोतर्फ १२ स्वर्ण जितेको छ।

प्रकाशित मिति: : 2019-12-05 17:39:08

प्रतिकृया दिनुहोस्