इन्डोप्यासेफिक रणनीतिप्रति सकारात्मक हुन रक्षामन्त्रीलाई आग्रह

तस्बिर: बिएल

नेपाल भ्रमणमा एसिया प्रशान्त क्षेत्रका सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रान्डाल जी स्च्रिभरले रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरेका छन्।

उनले बिहीबार रक्षामन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवालीलाई छुटाछुटै भेट गरेका हुन्।

रक्षामन्त्री पोखरेलसँगको भेटमा स्च्रिभरले इन्डोप्यासेफिक रणनीतिप्रति सकारात्मक हुन आग्रह गरेका थिए।

स्च्रिभरले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए।

यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा द्विपक्षीय हितको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-12-05 15:51:19

प्रतिकृया दिनुहोस्