काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न ‘टास्क फोर्स’

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री कार्यालयले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न ‘टास्क फोर्स’ बनाएको छ। गत हप्ता मात्रै प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री कार्यलयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका समावेश छन्।

उक्त टास्क फोर्स दुई तहको हुनेछ। पहिलो तहमा प्रधानमन्त्री कार्यलयको सहसचिव त्यसको संयोजक छन्। सडक विभागको उपमहानिर्देशक, ट्राफिक कार्यलयका एसएसपी, यातायात व्यवस्था विभागको कार्यकारी निर्देशक पनि त्यस टिमको सदस्य छन्।

यस्तै दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुनेछ।

प्रधानमन्त्री कार्यलयका उपसचिवको नेतृत्वमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव उक्त टिममा रहने बताइएको छ।

प्रकाशित मिति: : 2019-12-05 15:45:13

प्रतिकृया दिनुहोस्