क्रस कन्ट्री पुरुष: स्वर्ण,रजत र कास्य तीन वटामै नेपालकै कब्जा

नेपालका वुद्धि बहादुर तामाङ

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण जितेको छ।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेका हुन्।

क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा वुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाले।

यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन्। राजिबले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले ।

महिलातर्फ नेपालकै लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत जितेकी थिइन्।

प्रकाशित मिति: : 2019-12-05 15:35:50

प्रतिकृया दिनुहोस्