सावित्राले बनाइन् कीर्तिमान

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन्।

१३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन्।

उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गरेकी हुन्।

गत भदौं(२०७६)अन्तिम साता नेपाली राष्ट्रिय महिला फुटबल टोली कीर्गिस्तानमा भएको नादेझ्दा कप खेलेको थियो। फाइनलमा उज्वेकिस्तानविरुद्ध ३–२ ले रोकिएपछि २०१९ मा मात्रै नेपाल तेस्रो पटक उपाधि जित्नबाट चुक्यो।

यसअघि नेपाली टोली विराटनगरमा भएको साफ च्याम्पियनसिप (मार्च) मा भारत र भुवनेश्वरमा भएको हिरो गोल्डकप (फेब्रुअरी)मा म्यानमारविरुद्ध भएको फाइनलमा पराजित भएको थियो। सन् १९८६ को एसियन कपमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता नादेझ्दा कपसम्म आइपुग्दा आठपल्ट फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन।

सावित्राले गरेका गोल

१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४: १ गोल

२) साग २०१६ : २ गोल

३) साफ च्याम्पियनसिप २०१६ : १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल

५) हिरो गोल्डकप २०१९ : ४ गोल

६) साफ च्याम्पियनसिप २०१९ : ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल

८) नादेझ्दा कप २०१९ : ७ गोल

९) मैत्रीपूर्ण खेल : २ गोल

१०) १३औं साग : २ गोल

प्रकाशित मिति: : 2019-12-05 14:59:55

प्रतिकृया दिनुहोस्