भारोत्तोलनमा नेपालकी संगीता राईलाई कास्य

फाइल तस्बिर: बिएल

१३ औं साग अन्तर्गत पोखरामा भएको भारात्तोलनमा नेपालले कास्य पदक जितेको छ। ४५ केजी समूहमा भएको स्पर्धामा नेपालकी संगीता राईले कास्य जितेकी हुन्।

उनले ५७ केजी भार उठाएकी थिइन्। भारतकी झिल्ली दालबेहेराले ६६ केजी उठाउँदै स्वर्ण पदक चुमिन्। रजत पदक श्रीलंकाकी डीएसएस समारुकुलले ५८ केजी उठाएकी थिइन्।

उनले नेपालभन्दा जम्मा १ केजी बढी उठाएकी थिइन् । नेपालले तेस्रो प्रयासमा पनि ५८ केजी उठाउन नसकेपछि रजतमा चित्ता बुझाइन्।

 

प्रकाशित मिति: : 2019-12-05 14:00:35

प्रतिकृया दिनुहोस्