‘विप्लव’ समूहका युवा सचिव पक्राउ

प्रतिकारत्मक तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए।

पक्राउ परेका सुनार सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-05 09:50:43

प्रतिकृया दिनुहोस्