काठमाडौं। वार्षिक दुई लाख अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्न सकिने एक्चुरी पढाइका लागि दुई नेपाली छनोट भएका छन्। गणित विज्ञान स्कुलमा अध्ययन गरिरहेका ऋचा ढकाल र सन्तोष लामिछानेले दी इन्स्टिट्युट एण्ड फ्याकल्टी अफ एक्चुरिज ‘आइएफओए’ युके बोर्डको पहिलो विषय उत्तीर्ण गरेका हुन्।
उक्त बोर्डबाट पहिलो विषयमा ढकाल ८८ प्रतिशत र लामिछाने ७६ प्रतिशत ल्याएर उत्तीर्ण गर्न सफल भएको गणित विज्ञान स्कुलका प्रमुख प्राडा प्रकाशमुनि बज्राचार्यले बताए । उक्त बोर्डबाट पहिलो चरणका लागि परीक्षा दिने १ हजार ५ सय जनामध्ये पाँच सयजना मात्रै उत्तीर्ण भएका हुन्।