साग पुरुष क्रिकेटः आज दुई खेल हुँदै, नेपालले कमजोर टोली भुटानको सामना गर्ने

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा आज (बिहिबार) दुई खेल हुँदैछ।

कीर्तिपुरथित टियु मैदानमा हुने पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ टिमसँग खेल्नेछ।

नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ। भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ सँग ६ विकेटले पराजित भएको थियो। यता भुटान पनि आफ्नो पहिलो खेलमा श्रीलंका यू–२३ सँग पराजित भएको थियो। बुधबार भएको खेलमा भुटान श्रीलंका यू–२३ संग १ सय ७३ रनले पराजित भएको थियो

एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ।

यस्तै माल्दिभ्स र श्रीलंका यू–२३ बीच दिउँसो १ बजे पछि प्रतिस्पर्धा हुनेछ। दुई खेलमा दुई जित हात पारेको श्रीलंका आजको खेल जिते फाइनलमा प्रवेश गर्नेछ।

अंक तालिकामा श्रीलंका ४ अंक सहित शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-05 08:14:44

प्रतिकृया दिनुहोस्