ट्रायथोलनको मिक्स टिम रिलेमा नेपाललाई रजत

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको अन्तिम दिन बुधबार नेपालले रजत जितेको छ।

मिक्स टिम रिलेमा नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गरेको हो। नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए।


यस्तै भारतले स्वर्ण जित्यो। भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको हो।

श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो।

प्रकाशित मिति: : 2019-12-04 18:05:20

प्रतिकृया दिनुहोस्