भक्तपुर मालपोतका नासु र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ

प्रतिकारत्मक तस्बिर

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस रकमसहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार अनुसन्धान आयोगको टोलीले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि ४० हजार घुस रकमगरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

कार्यालयमा सहयोगी गौतमले घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-04 13:39:56

प्रतिकृया दिनुहोस्