सिरहाको हिरासतबाट भागेका चार जना थुनुवा पक्राउ

फाइल तस्बिर: बिएल

इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाको हिरासतबाट भागेका सातमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार खाना खुवाउने क्रममा हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए।

सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार नवीन यादव, गणेश साह, रन्धीर यादव र साखुनन्कर भोरलाई पक्राउ गरिएको छ। अन्य तीन जनाको भने खोजी भइरहेको उनले बताए।

थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ।

प्रकाशित मिति: : 2019-12-04 12:54:49

प्रतिकृया दिनुहोस्