साइक्लिङमा नेपाललाई समान दुई स्वर्ण र रजत

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ।

बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।

यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन्।

यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ।

 

प्रकाशित मिति: : 2019-12-04 12:41:39

प्रतिकृया दिनुहोस्