उसुमा विवाद: थाउलोतर्फ श्रीलंकाले स्वर्ण जितेपछि नेपालका खेलाडीले दिए म्याटमा धर्ना

बिएल

१३ ‍औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार भएको उसु खेलमा विवाद भएको छ। लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोतर्फको खेलमा श्रीलंकाले स्वर्ण जितेपछि विवाद सिर्जना भएको हो।

रेफ्रीले श्रीलंकालाई बढी अंक प्रदान गरेको भन्दै भारत र नेपालका प्रतिनिधिहरुले विरोध सिर्जना गरेका हुन्। खेलका अफिसियलहरुले असन्तुष्टी व्यक्त गरिरहदाँ दर्शकले भने पानीको बोतले प्रहार गरेका थिए।

यता नेपालका खेलाडी हरि प्रसाद गोलेले पनि म्याटमा धर्ना दिए। त्यसपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो।

खेलमा नेपालका तर्फबाट सहभागी हरीप्रसाद गोलेले ९ अंक पाएका थिए। त्यस्तै भारतलका ले ९ दशमलव १५ अंक पाएका थिए। त्यस्तै श्रीलंकाका खेलाडीले भने ९ दशमलव २१ अंक पाएका थिए। राम्रो प्रर्दशन गरेको तर अंक कम आएको भन्दै दुबै देशका प्रशिक्षकले असन्तुष्टी व्यक्त गरेका थिए।

खेल सञ्चालन गर्न आयोजकले प्रयास गरिरहे पनि शुरु भएको छैन।

प्रकाशित मिति: : 2019-12-04 10:44:20

प्रतिकृया दिनुहोस्