गढिमाईको दर्शनार्थी बोकेको पिकअप भ्यान दुर्घटना: दुई महिलाको मृत्यु, १४ घाइते

तस्बिर: बिएल

बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्।

मंगलबार राती गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना २ च ८८५५ नम्बरको यात्रु बाहक पिकअप भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गइरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन्। घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ।

पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको बताइएको छ।

प्रकाशित मिति: : 2019-12-04 10:01:32

प्रतिकृया दिनुहोस्