दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने

प्रतिकारत्मक तस्बिर

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौं उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ।

काठमाडौं उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौंमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल अगाडि बढाउने निणर्य गरेको हो। सङ्घ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो।

बैठकले सङ्घ गठनबारे स्थानीय सरकारलाई जानकारी गराउनाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नेसमेत निणर्य गरेको छ। बैठकका निणर्यबारे जानकारी दिँदै काठमाडौँ उपत्यका समन्वय कमिटीका सचिव सन्दीप विश्वकर्माले उपत्यका समन्वय कमिटीको कार्यालय स्थापना गर्नका लागि पहल गर्ने र सङ्घको सदस्यताका लागि केन्द्रसँग रसिद र फारामसमेत माग गर्ने निणर्य गरेको छ।

दलित समुदायका पत्रकारहरुलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०७६ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ।

सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, सचिव सन्तोष गन्धर्व र केन्द्रीय सदस्य बुद्धि विश्वकर्माको विशेष उपस्थितिमा बसेको सो बैठकले पत्रकार विन्दु गहतराज र सपना परियारलाई कार्यसमितिमा चयन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2019-12-04 09:21:24

प्रतिकृया दिनुहोस्