गढीमाई मेलालाई व्यवस्थित बनाउन मुख्यमन्त्रीले दिने भए २० लाख रुपैयाँ

बिएल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्व प्रसिद्ध बाराको महागढीमाई मन्दिरमा पूजा आराधना गरेका छन्। मंगलबार साँझ मन्दिर पुगेका मुख्यमन्त्री राउतलाई मुख्य पुजारी मंगल चौधरीले पूजा आराधना गराएका हुन्।

पूजा आराधना सकिन साथ मुख्यमन्त्री राउतले मेलाको स्थलगत अवलोकन गरेका थिए। उनले आज नै मेला व्यवस्थापन समितिसँग भेट गर्दै मेलाको अवस्थाका बारेमा जानकारी लिए।

सो अवसरमा मुख्यमन्त्री राउतले मेला व्यवस्थापनमा कुनै कठिनाई नहोस् भन्नका लागि २० लाख रुपैयाँ मेला समितिलाई उपलब्ध गराउने प्रदेश सरकारको तर्फबाट निर्णय भएको समेत जानकारी दिए। उनले धार्मिक पर्यटक भित्र्याउन गढीमाईले महत्वपूर्ण भूमिका खेलेको बताउदै यसको सम्बद्र्धन र विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानिय सरकारसँग समन्वय गरी ठोस कार्ययोजना ल्याउने बताए।

देश विदेशबाट लाखौ भक्तजनहरु गढीमाईमा दर्शनका लागि आएको हुँदा उनिहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन मेला समितिलाई आग्रह समेत गरेको मुख्यमन्त्रिका स्वकिय सचिव दिपक यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-03 22:47:42

प्रतिकृया दिनुहोस्