महिला भलिबल फाइनल: चाैथाे सेटमा नेपाल पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले चाैथाे सेट गुमाएकाे छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको  थियाे।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपाल पहिलो सेटमा भारतसँग १७–२५ ले पराजित भएको थियो।

दोस्रो सेटमा नेपालले भारतमाथि २५–२३ ले जित निकाल्यो।  नेपालले तेस्रो सेट २५–२१ ले जित्न सफल भयो ।

तर चाैथाे सेटमा नेपाल भारतसँग २५-२० ले पराजित भयाे।

 

प्रकाशित मिति: : 2019-12-03 18:12:48

प्रतिकृया दिनुहोस्