गढीमाई मेलामा बलि दिन सुरु, १५ हजारभन्दा बढी पाडालाई बलि दिइयो

बिएल

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा आज(मंगलबार)बाट बलि सुरु भएको  ।

आज बिहान पञ्चबलीको रुपमा मुसा, बोका, पाठी, परेवा र हाँसलाई बलि दिइएको छ। गढिमाईको पूजा सर्वप्रथम तन्त्रिक विधिबाट हुने परम्परा रहिआएको छ।

मन्दिरको नियमअनुसार गएराति १२ बजे गढीमाई मन्दिरको पुजारीहरुको समूहले साढे ३ बजेसम्म करिब २ घन्टामा पूजा पाठ गर्दागर्दै आफै दियो बाल्ने गरेको पुजारी शिव चौधरीले बताए। पूजापाठ गर्दागर्दै आफैं बत्ती बलेपछि पूजा सफल भएको मन्दिरको पुजारी शिव चौधरीले बताए। 

दियो आफै बलेपछि अन्यविधि सम्पन्न गरी मंगलवार बिहान सवा ७ बजेदेखि बली शुरु गरिएको पुजारी चौधरीले बताए ।

पञ्चबली मन्दिरका मुख्य पुजारीले गढीमाईलाई बोका, पाठो, परेवा, मुसा र पाडाको बली चढाएपछि बलीको लागि ल्याइएको राँगाहरु मध्ये एउटा राँगाको बली पुजारीले आफैले पूजा पाठ गरेपछि मंगलबार पहिलो दिन सर्वसाधारण दर्शनार्थीहरुले लागि पाडा बली शुरु भएको मन्दिरका मुख्य पुजारी मंगल चौधरीले बताए ।

पुजारी चौधरीले बोका बली बुधवार मात्र चढ्ने जानकारी गराएपनि बाहिरबाट आएका भक्तजनहरुले मंगलवार नै बोका बली दिई आफ्नो गन्तव्य तर्फ फर्केका छन्। गढिमाई मन्दिरको केहि दूरीमा रहेको ब्रहम बाबाको स्थान नजिक बलि दिने परम्परा रहेपनि भिडका कारण दर्शनार्थीहरु पसाहा नदिको सिमादेखि गढीमाई मन्दिरसम्मको खालि खेतमा बली दिन थालेका छन्। अहिलेसम्म १५ हजारभन्दा बढी पाडालाई बली दिएको र ३० हजारको हाराहारीमा बोका बली चढाउने अनुमान गरिएको छ। 

पञ्चबर्षिय मेला हेर्नका लागी नेपालका आन्तरीक पर्यटन लगायत भारतको दिल्ली, मुम्बई, कलकता, हैदरावाद, पटना, मोतिहारी दरभंगा, सितामढी, बेतिया, रक्सौल, आदापुर घोडासहन लगायता सार्कका बंगलादेश, ढाका, पकिस्तान, बर्माका भतmजनहरु दर्शन गर्न आएको गढीमाई मन्दिरका संचालक तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी गराए।

मंगलबार र बुधबार दुई दिनमा १५ लाखभन्दा बढी दर्शनार्थी आउने मेला व्यवस्थापन समितिको दावी रहेको छ भने सोमबारसम्म २० लाख भन्दा बढी भक्तजनले गढीमाईको दर्शन र पुजा आराधना गरि सकेका मेला व्यवस्थापन पक्षले जनाएको छ। एक महिनासम्म चल्ने पञ्चवर्षिय मेला अवधि भर करिव ७० लाखभन्दा बढी भक्तजनहरु आउने अनुमान रहेको मेला व्यवस्थापन मुल समितिको अनुमान छ।

यता मेला भिडलाई ध्यानमा राख्दै मुख्य दिनहरुमा बारा र पर्साका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ।

प्रकाशित मिति: : 2019-12-03 16:26:42

प्रतिकृया दिनुहोस्