तेक्वान्दोकी काजलले स्वर्ण जितेपछि भनिन्- यो अवार्ड खाडीमा रहनुभएका मेरा बाबाप्रति समर्पित (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

राजधानीमा जारी १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले अर्को स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न सक्दिनँ। यहाँसम्म आइपुग्न मद्दत गर्ने परिवारका सबै सदस्य र गुरुहरुलाई धन्यवाद भन्न चाहन्छु । र विशेष गरि यो अवार्ड खाडीमा रहनुभएका मेरा बाबाप्रति समर्पित गर्न चाहन्छु।’

प्रकाशित मिति: : 2019-12-03 16:26:14

प्रतिकृया दिनुहोस्