नामी पण्डितका छोरा भरतलाई पाँच वर्षको उमेरमा पिताले अक्षरारम्भ गराएका थिए। बालक भरतले साँवा अक्षर सिके तर त्यहाँभन्दा अगाडि पढेनन्।
वेद पाठ गर, जजमानका घरमा न्वारन गराऊ, ग्रहशान्ति गराऊ, विहे गराऊ, अन्त्यकर्म गराऊ-यो दुश्चक्र उनले त्यो उमेरमै पूर्वानुमान गरिसकेका थिए। पिताले भरतलाई आफूभन्दा उम्दा पण्डित बनाउन चाहन्थे।