करातेमा नेपालका नबिन रसाइलीलाई स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित कराते हलमा नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन्। उनले पाकिस्तानका अहमेद नासिरलाई हराए।

नबिनले नासिरलाई ८.६ अंकले पराजित गरेका हुन्।

योसँगै १३ औं सागमा नेपालले करातेमा ८ स्वर्ण जितेको छ।

प्रकाशित मिति: : 2019-12-03 11:07:00

प्रतिकृया दिनुहोस्