१५०० मिटर दौडमा नेपाललाई कास्य, भारतले स्वर्ण र रजत जित्याे

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडको पुरुष नेपालले कास्य जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपालका टंक कार्कीले कास्य जितेका हुन्।

टंक १३ औं सागमा एथ्लेटिक्समा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने। स्वर्ण र रजत दुवै पदक भने भारतको पोल्टामा परेको छ। स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन्।

प्रकाशित मिति: : 2019-12-03 10:30:26

प्रतिकृया दिनुहोस्