करातेमा बंगलादेशले स्वर्णमा खाता खोल्याे

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा बंगलादेशले स्वर्णमा खाता खोलेको छ। बंगादेशका लागि मोहमदले फाइटको ६० केजी तौल समूहमा पाकिस्तानका इकबल जफरलाई पराजित गर्दै स्वर्ण जितेका हुन।

मंगलबार भएको समिफाइनलमा मोहमदले नेपालका राजिव पुडासैनीलाई पराजित गर्दै फाइनलको यात्रा पक्का गरेका हुन्।

भुटानले भने स्वर्णको खाता खोल्न सकेको छैन।

मंगलबार करातेमा ६ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2019-12-03 10:25:55

प्रतिकृया दिनुहोस्