प्रधानमन्त्रीको स्वास्थ्यले प्रचण्डको चीन भ्रमण सार्‍यो

फाइल तस्बिर: बिएल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा नेताको चीन भ्रमण स्थगन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा दाहाल नेतृत्वको टोली मंसिर २४ गते चीन जाने तयारी थियो।

प्रधानमन्त्रीलाई उपचारका लागि बाहिर लैजाने विषयमा समेत छलफल भइरहेकाले भ्रमण सरेको स्रोतले बतायो ।

‘भ्रमण तयारी पूरा भए पनि पछिल्लो राजनीतिक र प्रधानमन्त्रीको स्वास्थ्यका कारण हाललाई यो भ्रमण पछि सर्‍यो’, नेकपाका एक नेताले भने, प्रधानमन्त्रीको स्वास्थ्य गम्भिर रहेको बेलामा अधिक नेताहरू बाहिर रहनु उपयुक्त हुदैन्।’

भ्रमणको मिती सरेपछि पनि आधिकारी जानकारी भने पछि बैठक बसेर गराउने उक्त नेताले बताए।

प्रकाशित मिति: : 2019-12-03 06:55:36

प्रतिकृया दिनुहोस्