पराजय भोगेपछि पोखरा-९ की सभापतिले दिइन् पदबाट राजीनामा

तस्बिरः एजेन्सी

नेपाली कांग्रेस पोखरा-९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन्। उपनिर्वाचनमा कांग्रेसले पराजय भोगेपछि नैतिकताको आधारमा राजीनामा दिएकी हुन्।

सभापति ठकुरीले नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी हुन्। पदबाट राजीनामा दिएको बताउँदै पार्टी र संगठनमा थप क्रियाशील भएर लाग्ने उनले बताएकी छन्।

राजीनामा पत्रमा उनले जिम्मेवारीभन्दा बाहिर रहेर पनि पार्टीप्रतिको निष्ठा र आस्था तथा भरोसा उत्तिकै राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छन्।

उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको पनि उनले स्वीकार गरेकी छन्।

प्रकाशित मिति: : 2019-12-02 21:34:03

प्रतिकृया दिनुहोस्