पाकिस्तानी खेलाडीहरुको उत्साह बढाउन मन्त्री डा. मिर्जा नेपालमा

बिएल

दक्षिण एशियाली खेलमा सहभागी बन्न पाकिस्तानी मन्त्री डा. फेममिदा मिर्जा नेपाल भ्रमणमा आएकी छन्।

सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबार सम्म नेपालमा रहने छिन्। पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा. मिर्जाले पाकिस्तानी खेलाडीहरुको उत्साह बढाउनका लागि नेपालको तीन दिने भ्रमण तय गरेको पाकिस्तानी दूतावासले जनाएको छ ।

विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३ सय पाकिस्तानी खेलाडी नेपाल आएका छन्। पाकिस्तानले अहिलेसम्म एक स्वर्ण, ३ रजत र २ काँस्य गरी ६ वटा पदक हात पारेको छ।

त्यसैगरी भारतले १२, श्रीलंकाले १४ र बंगलादेशले ११ पदक हात पारेका छन्। नेपाल २४ पदकसहित अग्रस्थान हासिल गरिरहेका बेला मालदिभ्स र भुटानका खेलाडीले मंगलबारसम्म पदक हात पार्न सकेका छैनन्।

प्रकाशित मिति: : 2019-12-02 21:12:49

प्रतिकृया दिनुहोस्