साग पुरुष फुटबल : माल्दिभ्स र श्रीलंकाले अंक बाँडे

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा यु–२३ माल्दिभ्स र यु–२३ श्रीलंकाले अंक बाँडेका छन्।

दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा दुबै टिमले गोल गर्न सकेन।

सोमबार दिउँसो भएको खेलमा बंगलादेशलाई पराजित गरेर भुटानले तीन अंक जोडी सकेको छ। भुटानले बंगादेशलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि राउन्ड रोबिन लिगको आधार प्रतिस्पर्धा हुने भएको छ। नेपाल, भुटान, बंगालादेश, माल्दिभ्स र श्रीलंका सहभागी फुटबलमा शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन्।

साविक विजेता यु–२३ नेपालले आफ्नो पहिलो खेल मंगलबार दिउँसो भुटानसँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-02 19:08:45

प्रतिकृया दिनुहोस्