बलत्कारको आरोप लागेका 'सिद्धबाबा' हिरासतमा

फाइल तस्बिर: बिएल

बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत सुनसरीका न्यायधिश धर्मराज पौडेललेको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ। सिद्धबाबा भनिने गिरीलाई सोमबार विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो।

विराटनगर स्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ आइतवार आइसियूमा सारिएको बाबालाई अस्पतालबाट नै नियन्त्रणमा लिएको थियो।

डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएको बताए। पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको थियो।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। तर बाबा भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

 

 

प्रकाशित मिति: : 2019-12-02 14:25:18

प्रतिकृया दिनुहोस्