म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान।
हाम्रो परिवारमा खेतीपाती नगरी खान पुग्दैन थियो। आमाबुबासहित नौ जनाको परिवार पाल्न सबै खाले काम गर्नुपर्थ्यो।