बैंकर्स संघको अध्यक्ष दाहाललाई बनाउने भद्र सहमति

फाइल तस्बिर: बिएल

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकार अधिकृत भुवन दाहाल चयन भएका छन्।

मंगलबार हुने निर्वाचनबाट दाहाल सर्वसम्मत चयन गरिने भद्र सहमति भएको हो। अहिले अध्यक्ष रहेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल समाप्तिपछि हुन लागेको निर्वाचनमा दाहाललाई सर्वसम्मत अध्यक्ष दिने तयारी गरिएकाे छ।

संघको चुनावका लागि कार्यकारी निर्देशक अनिल शर्मा निर्वाचन समितका संयोजक तोकिएका छन्। शर्माका अनुसार संघको नयाँ नेतृत्वका लागि १७ गते नै उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन १८ गते नै हुनेछ।

प्रकाशित मिति: : 2019-12-01 12:49:33

प्रतिकृया दिनुहोस्