सटर तोडेर ११ कैदी फरार

प्रतिकारत्मक तस्बिर

सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट सात जना थुनुवा फरार भएका छन्। दिउँसो खाना खुवाउने बेलामा थुनुवा सटर तोडेर फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार दिउँसो खाना खुवाउने बेलामा ११ जना विभिन्न मुद्दाका थुनुवा फरार भएका थिए । जसमा ४ जना पक्राउ परिसकेको छन्। अन्य फरारको खोजी भइरहेको उनले बताए।

शनिबार भइरहेको उपनिर्वाचनमा प्रहरी जनशक्ति खटिएका थिए। त्यही मौका छोपी थुनुवा फरार भएका छन्।

प्रकाशित मिति: : 2019-12-01 07:56:36

प्रतिकृया दिनुहोस्