१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष भलिबलमा पाकिस्तान फाइनल प्रवेश गरेको छ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ ले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा पाकिस्तानले पहिलो सेट २८–३० ले गुमायो। त्यसपछि लगातार उसले तिन सेट जित्यो। उसले पछिल्ला तिन सेट २५–१८, २५–२० र २५–२१ ले आफ्नो पक्षमा पारेको हो ।
पाकिस्तानले अब बंगलादेश र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजयी टिमसँग फाइनलमा स्वर्ण पदकका लागि भिड्नेछ।
यस्तै शनिबार भएको महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।
भारतले माल्दिभ्समाथि २५-१४, २५-०६ र २५-१७ को जित निकाल्यो ।
अब भारतले उपाधिका लागि नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ।