१३ औं साग: पाकिस्तान पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा

तस्बिरः एजेन्सी

पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

पहिलो सेट ३०–२८ ले गुमाएको पाकिस्तानले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो।

पाकिस्तानले दोस्रो सेटमा २५–१८, तेस्रो २५–२० र अन्तिम सेट २५–२१ ले जितेको थियो।

जितसँगै पाकिस्तानले समूह बीबाट २ खेलमा ४ अंक जोड्यो। श्रीलंकाले २ खेलमा २ अंक जोड्यो। श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। यता समूहबाट दुवै खेल गुमाएको माल्दिभ्स बाहिरिएको छ।

सेमिफाइनल खेल आइतबार हुनेछन्। जसअनुसार समूह ए को विजेता भारत र श्रीलंकाबीच बिहान ११ बजे खेल हुनेछ। त्यस्तै, समूह ए को उपविजेता बंगलादेश र पाकिस्तानबीच दिउँसो १ः३० मा खेल हुनेछ।

समूह ए मा रहेको नेपाल आफ्नो दुबै खेलमा पराजित हुँदै बाहिरिएको थियो।

प्रकाशित मिति: : 2019-11-30 17:28:01

प्रतिकृया दिनुहोस्