पाकिस्तानविरुद्ध दोस्रो टेष्टमा वार्नरकाे तेहेरो शतक

डेविड वार्नरले पाकिस्तानविरुद्ध दोस्रो टेष्टमा तेहेरो शतक बनाएका छन्। यससँगै अष्ट्रेलियाले ५८९ रन को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको छ ।

दोस्रो दिनको खेल थाल्दा वार्नर १६६ र मार्नस लाबुसेन १२६ रनमा क्रिजमा थिए। ड्रिंक अगाडि २०० रन कटाएका वार्नरले खाना लगतै तेहेरो शतक पुरा गरेका थिए।

उनको यो करियरकै पहिलो तेहेरो शतक हो। अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा उनी ३३५ रनमा अविजित रहे।

४ सय १८ बलको सामना गरेका उनले ३९ चौका र १ छक्का प्रहार गरे। वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका छन्।

उनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन बनाएका थिए ।

यस्तै म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे। मार्नसले १६२ रन बनाए भने स्टिभ स्मिथ ३६ रनमा आउट भएका थिए।

प्रकाशित मिति: : 2019-11-30 13:51:03

प्रतिकृया दिनुहोस्