ओमन म्याराथनमा कर्णाली स्पोर्ट कल्बकाे वर्चस्व

बिएल

ओमन म्याराथनको उपाधिमा नेपालले वर्चस्व जमाएको छ। 

ओमनकाे निज्वा सल्ननतमा नोभेम्बर २९ मा सम्पन्न भएकाे म्याराथनमा कर्णाली स्पोर्ट कल्बकी जुम्लाकी सुनमाया महिलातर्फ प्रथम भएकी छिन्। भने महिला, पुरुष सबैको वल्र्ड र्‍याङ्किमा छैटौं नम्बरमा परेकी छिन्।

सुनमायाले पचास किलोमिटरको निर्धारित दुरी ६ घण्टा १२ मिनेट २६ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन्।

पुरुष तर्फको दौडमा भिम बहादुर गुरुङ प्रथम भएका छन्। उनले ५ घण्टा २६ मिनेट २२ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए भने महिलातर्फ नेपालकै चर्चित अल्ट्रा धविका मिरा राई तृतीय भएकी छिन्। उनले ६ घण्टा ४३ मिनेट आठ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन्।

पुरस्कार ३० नोभेम्बरमा वितरण हुने आयोजकले जनाएको छ। पुरस्कार राशी कति हो भन्ने अहिले नै थाहा नभएको सुनमायाले बताइन्।

प्रकाशित मिति: : 2019-11-30 08:56:03

प्रतिकृया दिनुहोस्