दैलेखमा माइक्रोबस दुर्घटना: तीनजनाको घटनास्थलमै मृत्यु, ७ घाइते

प्रतिकारत्मक तस्बिर

दैलेखमा माइक्रोबस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना भएको हो।

घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ।

जिप्रका दैलेखका इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गएको छ। घटनाबारे थप विवरण आनन बाँकी छ।

प्रकाशित मिति: : 2019-11-29 12:49:40

प्रतिकृया दिनुहोस्