निर्वाचन आयोगले मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यको विभिन्न पदको उपनिर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानको लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।