मोरङमा एकैदिन ४६ फरार प्रतिवादी पक्राउ

बिएल

मोरङ प्रहरीले एकैदिन ४६ फरार प्रतिवादी पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले चोरी, लागुऔषध, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भइ फरार रहेका ४६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीहरुलाई सोमबार जिल्ला अदालत मोरङमा दाखिला गरिएको छ।

प्रकाशित मिति: : 2019-11-26 18:13:06

प्रतिकृया दिनुहोस्