बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

प्रतिकारत्मक तस्बिर

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउमा परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङ रहेका छन्।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-11-26 12:31:56

प्रतिकृया दिनुहोस्