प्रधानमन्त्री ओली अस्पताल भर्ना, अपरेशनको तयारी (भिडियोसहित)

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएको हो। उनलाई बिहान ९ बजेतिर अस्पताल लगिएको हो।

ओलीलाई एपेन्डिसाइटिस भएपछि तत्काल अस्पताल लगिएको थियो । उनको एपेन्डिसाइटिसको अपरेशनको तयारी गरिएको छ ।

प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री नियमित स्वास्थ्य प्ररीक्षणका लागि अस्पताल गएका हुन्। परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको थापाले जानकारी दिए ।

आइतबार मात्र प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा मिर्गौलाको नियमित डाइलायसिस गरेर फर्किएका थिए।

प्रकाशित मिति: : 2019-11-26 10:28:38

प्रतिकृया दिनुहोस्