गोकर्णेश्वरमा रोलर दुर्घटना,चालकको मृत्यु

फाइल तस्बिर

काठमाडौंको गोकर्णेश्वरमा रोलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो ।

प्रकाशित मिति: : 2019-11-26 08:36:27

प्रतिकृया दिनुहोस्