वीरगञ्जमा तीन दिने चिकित्सा अन्तरक्रिया कार्यक्रमम सम्पन्न

बिएल

वीरगञ्ज नारायाणी अस्पताल तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको सहभागीतामा ३ दिने अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

महानगरका स्थानीय जनप्रतिनिधि, उद्योगपति, व्यापारी तथा अस्पतालका चिकित्सकदेखी सरसफाई कर्मचारीसम्मको सहभागीतामा हस्पिटलको हरेक पक्षको बारेमा  अन्तरक्रिया भएको थियो।

मन्त्रालयका प्रतिनिधि डा. रमण सिंहले नारायणी अस्पताल सरकारी हस्पिटल भएपनि अन्य निजि अस्पतालको अनुपातमा सेवाग्राहिको भिड बढ्नु र स्राेतसाधनमा पनि सेवाग्राहीलाई लाभ दिनु सराहनीय कार्य रहेको बताए।

नारायणी अस्पतालको प्रसुति कक्षको तथ्याङ्क अनुसार दिनको कम्तिमा २० वटा प्रसुति सेवा प्रवाह हुने र एक महिनामा ९ सय प्रसुति गराउन अस्पताल सक्षम रहेको बताएका छन्।गम्भिर अवस्था शल्यक्रिया मार्फत प्रसुति गराउनु पर्दा कक्षको अभाव तथा ओटि सेटको समेत अभाव हुँदा यस तर्फ तत्काल सुधार गर्नु पर्ने डा.सिंहले बताए।

तराई कै पहिलो नारायणी अस्पताल अहिले उप –क्षेत्रियबाट केन्द्रिय अस्पतालको रुपमा रुपान्तरण भएको छ। बिरामीको चापअनुसार अस्पातालको भौतिक संरचनादेखी सेवाग्राहिले पाईरहेको सेवा र सुविधाको बारेमा छलफल गरिएको थियो। साथै बिरामीको बढ्दो चापमा अस्पताललाई पहिलेको तुलनामा अहिले चाहिने भौतिक संरचना लगायत अन्य सेवा र सुविधामा सुधार गर्नु पर्ने कुरामा छलफल गरिएको निमित्त मेसु चौरसियाले बताए।

'आवश्यक जनशक्तिको अभावमा रहेको नारायणी अस्पतालमा बिरार्मी भर्नाका लागी अहिले २ सय वटा मात्र बेड रहेका छन्।', उनले भने, 'तर अस्पतालले ३ सय ५० जत्ति बिरामी भर्ना गर्नु परेको अवस्था छ।'

विपद्को समयमा भुईमा राखेर उपचार गर्नुपर्ने समस्या भएको र आखाँ दात जस्ता कतिपय शल्यक्रियाको सुविधा अस्पतालमा नभएको हुँदा बिरामीहरुलाई सास्ती भईरहेको उनले बताए।

नारायणी अस्पतालमा वीरगंजका उद्योगपतिहरुको सुरुदेखी उपकरणदेखी अन्य भौतिक संरचनामा सराहनीय सहयोग गर्दै आएकाले अब केन्द्र सरकार स्थानीय सरकार, उद्योगपति तथा स्थानियको सहयोगमा सुविधा सम्पन्न अस्पतालको निर्माण उद्देश्यले रहेको डा. चौरसियाले बताए।

प्रकाशित मिति: : 2019-11-26 07:25:15

प्रतिकृया दिनुहोस्