उपचुनाव बहिष्कारको नारा लगाउने पक्राउ

प्रतिकात्मक तस्बिर

सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेका छन्।

‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए।

पक्राउ परेका सबैलाई सोमबार म्याद थप गरी अभद्र व्यवहार र निर्वाचन ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले जानकारी दिए।

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीले) उपचुनावको मिति घोषणा भए लगत्तै वक्तव्य जारी गरी बहिष्कार गर्ने चेतावनी दिएको थियो । देशभक्त जनगणतन्त्र मोर्चा पनि सोही पार्टीको हो।

प्रकाशित मिति: : 2019-11-25 17:16:36

प्रतिकृया दिनुहोस्