रंगेलीमा दुई सहायक पिलर बर्षौदेखि गायव, प्रहरी प्रमुख भन्छन्- खोज्दा भेटिएन

बिएल

मोरङको रंगेली नगरपालिका-४ चोप्राहास्थित नेपाल-भारतको दशजग्गा भित्रमा रहेको दुई साहयक पिल्लर हराएको बर्षो बितिसककाे छ।

केही बर्ष अगाडी खक्राहा खोलामा आएको बाडिका कारण पूर्व पट्टिमा रहेको ६५ / ३ (डव्लू पी - ४७) नम्बर पिल्लर कटान गरेपछि हराएको स्थानीयले बताएका छन्।समयमा खोला नियन्त्रण नगर्दा गत बर्ष आएको बाढिले सोहि किनारमा रहेको १६५ /३ (डव्लू पी - ४८) नम्बरको पिल्लरसमेत बगाएको स्थानीय जगदीश साहले बताए।

अहिले उक्त स्थानमा खोला बगिरहेको हुनाले ५ सय मिटरको दुरिमा रहेको साहयक पिल्लर नहुँदा भारतले नेपालको जग्गा अतिक्रमण नगर्लाकी भन्ने डर रहेको उनले बताए।

साहले  पिल्लर हराएको धेरै भइसक्दा पनि अहिलेसम्म कुनै पक्षले खोजविन नगरेको बताए। उनले भने-'यस्तो भयो भने यहाँ पनि भारतले नेपालको जग्गा आफ्नो बनाउन सक्ने देखिन्छ। यस बिषयमा समयमै ध्यान दिनु आवश्यक रहेको छ।'

यता शसस्त्र प्रहरी बेस क्याप रंगेलीका प्रहरी प्रमुख जितेन्द्र बस्नेतले आफूहरुले उक्त पिल्लर खोजबिन गरेपनि अहिलेसम्म फेला नपरेको बताए। सोहि खोलाको पश्चिम पट्टीमा करिव २५ मिटर टाढा रहेको १६५/५(डव्लू पी-४९) नम्बरको साहयक स्तम्भ समेत खोलाले कटान गरेर लैजाने अवस्था रहेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-25 16:07:43

प्रतिकृया दिनुहोस्