प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोज्ने युवा पक्राउ

फाइल तस्बिर

लागूऔषध गाँजा बोक्ने दुई युवकले प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन्।

आइतबार राति ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

सन्दिप र रिपु चढेको बा.८८ प. ६१२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको थियो। सोही क्रममा दुबै जनालाई नियन्त्रणमा लिन खोज्दा उक्त नगद दिन खोजेपछि नगद तथा गाँजासहित दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-25 15:35:30

प्रतिकृया दिनुहोस्